२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अर्थमन्त्री शर्मा भन्नुहुन्छ – कसैले राजीनामा माग्दैमा दिइँदैन ।

असार १३, काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेटको विषयलाई लिएर आफूले राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बजेटबारे सांसदहरुले

उठाएको प्रश्नमा कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका हुन् । बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन ।

मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।
करको दर रेट घटाउने र बढाउने विषयमा विरोध गर्नुको कुनै औचित्य नभएको पनि उनले बताएका छन् ।

करको दायरा घटाउने र बढाउने विषय अर्थ मन्त्रालयको क्षेत्राधिकार पर्ने र उक्त काम नियमित भइरहेको पनि उनले बताए ।

करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो । तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।