२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

रेणु दाहल बनिन पहिलो नगरसभा बाट बजेट पास गर्ने मेयर !

असार १३,भरतपुर : नगरसभाबाट आगामी आर्थिक बर्षको बजेट पास गर्ने पहिलो महानगरपालिका बनेको चितवनको भरतपुर महानगरपालिका ।

भरतपुरले सभा सुरु भएको दुई दिनमै नीति तथा कार्यक्रम र बजेट पास गर्ने पहिलो महानगर बनेको छ । भरतपुरले शुक्रबार सुरू भएको एघारौं नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा

प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार नगरसभा सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको छ । सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ ।

सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको

महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन् । महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानको लागि सधै सल्लाह सुझाव

ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरिन् । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताइन् ।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।