
असार १२, काठमाडौं : उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले रवि लामिछानेसँग सहकार्यको लागि नेतृत्व छोड्न तयार भएको बताएका छन् ।
आफुहरु दुई दलीय व्यवस्थाको पक्षमा भएको र उन्नत लोकतन्त्र पार्टीको एजेण्डा सबै नयाँ पार्टीहरुले कपि गरेको उनले बताएका छन् । अहिले भएको पार्टीहरु विदेशी पार्टी भएको र रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पनि उन्नत
लोकतन्त्र पार्टीको जस्तै एजेन्डा बोकेको उनले दाबी गरे ।
अहिलेको भएको नयाँ पार्टीहरु स्वतन्त्रहरुको पार्टी भएको अब आउने संघिय चुनावमा नयाँ पार्टीहरु साझा भएर जाने उनको भनाई छ ।
झापाको क्षेत्र.न २ बाट प्रत्यक्ष चुनाव लड्ने ६ वटा पार्टीहरुसँग मिलेर जाने र १६५ जना उम्मेदवार घोषणा गर्ने र स्वतन्त्र उम्मेदवारहरुलाई पनि सहयोग गर्ने बताए ।
रवि लामिछानेसँग सहकार्य गर्नेको लागि आफनो नेतृत्व छाड्न पनि तयार हुने र पुरानो दलहरुको जरा कट्न जरुरी भएको बताएका छन् ।
संसदले सरकार ढाल्ने व्यवस्थाको अन्त्य गर्न, सरकारले संसद भंग गर्न पाउने, संसदहरु मन्त्री र राष्ट्रपति हुन पाउने व्यवस्थो अन्त्य गर्नको लागि स्वतन्त्रहरुको आवश्यकता भएको उनले बताए । दैनिक न्युज नेपाल