
असार १२ काठमाडौ : टेलिभिजन प्रस्तोताको रुपमा चर्चा बटुलेका रवि लामिछाने अस्तिदेखि नयाँ पार्टीको अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर सोही दलको उम्मेदवार हुँदै आगामी संसदीय निर्वाचनबाट प्रधानमन्त्री हुने
लक्ष्यका साथ उनी राजनीतिमा होमिएका हुन् । भाइले ‘पार्टीमा परिवारवाद बात्’ भन्दै घोषणा गरेको पार्टी कार्यक्रमपछि रेडियो नेपालको कर्मचारीबाट अवकास लिएका दाजु हरिशरणले भने भाइको उक्त निर्णयको तत्काल विरोध गरेका थिए ।
हिजो दिनभर स्वतन्त्र शव्द झुण्डाएर पार्टी दर्ता गर्न नपाइने भन्दै निर्वाचन आयोगमा समेत विरोधमा लेखिएका निवेदनको चाङ लागेको छ । हालै आदित्य न्यौपाने नामक व्यक्तिले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसङ्ग हिसाब मागेका छन् ।
निकै भाइरल भएको उनको त्यो स्टाटसले सर्वसाधारणसमेत लामिछानेको विगत कोट्याउन अघि सरेको प्रतित हुन्छ ।
न्यौपानेका अनुसार दुई वर्षअघि लामिछानेले ग्यालेक्सी टिभीमा ‘द लिडर’ नामक रियालिटी सो सञ्चालन गर्ने उद्घोष गरेका थिए ।
न्यूज २४ मा छँदै सो कार्यक्रम सञ्चालनमा ल्याउने उनको दाबी थियो । रविको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्, समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।
घोषित कार्यक्रमअनुसार सात वटै प्रदेश र विदेशका विभिन्न स्थानमा अडिसन खुलाइएको थियो भने ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।
न्यौपाने लेख्छन्, ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो ।’ आदित्य न्यौपाने पनि त्यही भीडमा थिए ।
नियमानुसार भन्दै नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर उनलाई फारम भर्न लगाइएको दाबी छ । ‘तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ,’ उनले दुःखेसो पोख्दै लेखेका छन् ।
तर अहिले लामिछाने आफैँ ग्यालेक्सी टिभीबाट समेत बिदा भइसकेका छन् । न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बकाइदा लेखेका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको बताए ।
न्यौपाने भन्छन्,मेरो मात्र होइन, त्यो भीडमा बस्ने हरेक व्यक्तिको पैसा चुर्लुम्मै डुबेको छ । ३०४७१ नम्बरमा परेका मभन्दा अघि कतिको रकम डुब्यो होला रु’ यसरी पनि लामिछानेको नामको पछाडि करौडौं रकम हिनामिना भएको हुनसक्ने उनले आशंका गरेका हुन् ।
रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आ-रोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् ।
अब त्यो पैसाको जिम्मा कसले लिने रु न्यौपानेले सरोकारवाला सबैसँग सोधेका छन् । यता, टिम लिडरले भने यसको खण्डन गरेको छ रजिष्ट्रेसनबाट जम्मा भएको रकम ब्याजसहित फिर्ता गरेको उसको दाबी छ । कोरोनाका कारण अडिसन लिन असमर्थ भएको उल्लेख गर्दै टिम पन्छिएको जानकारी उसले दिएको हो । नागरिक पत्र