२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

रबि लामिछाने र रमेश खरेल सग भेटघाट, सहकार्यको विषयमा छलफल !

असार ११,काठमाडौं : नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो ।

दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं.१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

थप समाचार, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।

शनिबारसम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको पनि जानकारी दिए ।

उनले भने, मन्त्रीहरुका सन्दर्भमा उठेका प्रश्नहरुमा अध्यक्षले उत्तर दिदैँ बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने । आज, भोलि भित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रिय

कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरुको उत्तर दिदाँ यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ । उनले थपे,तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रिय

कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौँ भन्दै उहाँले हामीले गरेको निर्णय तपाईहरु कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरुलाई सम्झाउनुभएको छ ।

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताए । उनले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

२०७९ असार ११, शनिबार प्रकाशित 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार