
असार १०, काठमाडौँ : नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले बहसकै रुप लिएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले सत्ता गठबन्धनका
अन्य दुई ठूला दल कांग्रेस र माओवादीका कारण आफ्नो पार्टी समस्यामा रहेको बताएका छन् । आज नेकपा समाजवादीको पोलिटब्युरो बैठक बसेको छ । सो क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद चौधरीले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्ने
निर्णयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बाधक रहेको बताए । उनले प्रचण्डले देउवालाई दबा’ब दिएर मन्त्री हेरफेर गर्ने निर्णय का’र्यान्वयन गर्न नदिएको आ’रोप लगाएका हुन् ।
सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, गठबन्धनका नेताहरुको भनाइ र पार्टीको निर्णयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने हो । तर हामीले जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरेको आज २२ दिन भयो ।
तर कार्यान्वयन भइदिएन । कि त एकीकृत समाजवादी हामीलाई चाहिँदैन भन्नुपर्यो, हैन भने हाम्रो पार्टीको निर्णयलाई प्रधानमन्त्रीले किन कार्या’न्वन गर्नुभएन ? उनले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा प्रचण्ड र प्रधानमन्त्री दो’षी रहेको बताए ।