२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मन्त्री आलेले ४८ घण्टा भित्र पदबाट राजीनामा दिने !

मन्त्री आलेले ४८ घण्टा भित्र पदबाट राजीनामा दिने !

असार १०, काठमाडौं : पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने भएका छन् । शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको

पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका हुन् । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु, उनले भनेका छन् ।

पार्टीले गरेको निर्णय मान्दै उनले छापामार शैलीमा मन्त्री फिर्ता बोलाउनुृमा आपत्ति जनाए । उनले भने, पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।

यस्तै, ४ मन्त्रीसहित १० सांसदहरुले मन्त्री हेरफेरको विषयमा विरोध र अ:सन्तुष्टि जनाएका छन् । शुक्रबार नै उनीहरुले संसदीय दलको बैठक बोलाउन पनि उनीहरुको माग छ ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।