
असार १०, कास्की : कास्कीको मादी गाउँपालिकाले बाँदर र भालु जस्ता जंगली जनावरले सास्ती दिएपछि बजेटमा नै व्यवस्था गरेको छ ।
मंगलबार कास्कीको मादी गाउँपालिकाले ल्याएको २०७९/०८० बजेटमा त्यसकाे लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औँ
गाउँसभामा प्रस्तुत गरेको बजेटमा घोडा किन्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको ५०/५० प्रतिशत
साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन गरिएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन
तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको स्रोतमा संघीय सरकार वित्तीय समानिकरणबाट ९ करोड, ६२ लाख, संघीय सरकार सशर्त अनुदान २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, सरकार बाँडफाँट प्राप्त राजस्व १० करोड
३ लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी १ करोड ६ लाख ४० हजार रहेको छ । यसैगरी, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ८१ लाख २२ हजार,
पीएलजीएसपी तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख, आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत ९ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट ल्याएको थियो । उज्यालो अन्लाईन