२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मन्त्री दिलेन्द्र प्रसादको सङ्केत पेट्राेलियम पदार्थकाे मूल्य घट्न सक्ने !

असार १०, काठमाण्डाै : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लाे पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ ।

करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताउनुभएको हो ।

आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विद्युतको खपत बढाएर पनि पेट्राेलियम पदार्थकाे मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्य

समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । कर समायाेजन गरेर भए पनि पेट्राेलियम पदार्थकाे मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेकाे छ ।

मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गर्नुभयो ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।