२०७९ असार १५ बुधबार
  • काठमाडौँ

मेयर साहको आग्रह – काठमाण्डाैकाे कला संस्कृतिलाई विश्वभर चिनाउनुस ।

असार १०, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ ।

एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाण्डाैलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाण्डाै महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक

शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताउनुभयो । मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अध्यक्ष आचार्यले एनआरएन काठमाण्डाै महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गर्नुभयो । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार