
असार १०, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् ।
हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका हुन् ।
स्रोतका अनुसार शुक्रबार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए । त्यसपछि उनले पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति दिएका थिए ।
त्यसका खासगरी मन्त्री आले र झाँक्रीले असहमति जनाएको बुझिएको छ । सरकारबाट फिर्ता आउन अध्यक्ष नेपालले दिएको निर्देशनपछि झाँक्रीले आफूहरु हट्नु पर्ने कुनै कारण नभएको प्रतिकृया दिएकी थिइन् ।
उनले राम्रै काम गरिरहेका गरिरहेको दावी गर्दै आफू सक्षम मन्त्री भएको र हट्नुपर्ने कारण नभएको बताएकी थिइन् । उनले नेपाललाई मन्त्रीबाट हटाए आफ्नो लागि अध्यक्ष मरेतुल्य बराबर हुने बताएको जनाइएको छ ।
त्यस्तैगरी पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने साथै एकजना महिला पनि मन्त्रीमा सिफारिस गरिनेपर्ने अडान राखेका छन् ।
मन्त्रीका लगि प्रस्ताव राखेका बुडा मन्त्री आले निकटकै सांसद हुन् ।