२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मन्त्री झाँक्री भन्नुहुन्छ – शहरको फोहोरको समस्या झनै विक’राल बन्दै छ ।

असार १०, काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको

फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दापनि ठूलो रहेको बताएकी हुन् । उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर

फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री झाँक्रीले काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन् ।

उनले शौचा-लयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताइन् । फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भएपनि समाधान केन्द्र बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, शहरमा आइसकेपछि शहरका समस्या झनै विकराल छन् । शहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबीको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो समस्या छ । शहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन् ।

आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरु बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामथ्र्य, ऋ-ण, पैसा, आम्दानी सबैकुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ ।

काठमाडौंमा बस्ने मान्छेले फोहोर गर्दछौं । बञ्चरे डाँडामा सम्पूर्ण फोहोरका लागि ल्याण्डफिल्ड साइट बनाएका छौँ ।
उनले थपिन्, ‘फोहोर फालेका छौँ, त्योसँग निस्किने सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ । हामीले ट्वाइलेटहरु ढलमा मिसाएका छौँ । ढल खोलामा मिसाएका छौँ ।

त्यसको ट्रिटमेण्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ । यो हामी सुल्टो बाटो हिँडेको होइन, तरपनि यो हाम्रो बाध्यता हो । हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौं पुस्तासम्म ऋ’णको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।

यसका साथै मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन् । इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ । तर अव्यवस्थित शहरीकरणका कारण खोला प्रदू-षित र अतिक्रमण भएको छ ।

ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई वागमती नदीमा मिसाउने योजना रहेको छ । प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यसबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ । यस परियोजना अन्तर्गत घाटहरुको मर्मत सम्भार र पुनस्र्थापना गर्ने कार्ययोजना छ ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।