
असार ९, काठमाडौं : नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेप्रति इगित गर्दै कुनैपनि पेशामा तथा व्यवसायमा सफल हुँदैमा राजनीतिमा सफल हुन नसकिने
टिप्पणी गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।
‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन, उनले
राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।
पूर्वपत्रकार रवि लामिछानेले असार ७ गते अर्थात हिजो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पत्रकारितामा रहदा लामिछानेले अत्याधिक लोकप्रियता कमाएका थिए ।
थप समाचार, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्।
अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि नेकपा एसको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको बताएका हुन्।
मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि नेकपा एस अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबा’बमा परेका छन्।
नेकपा एसले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको तीन साता पुग्न लागेको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालका कारण आफ्ना मन्त्री फिर्ता नभएको नेकपा एसको भनाइ छ।
केही दिन पर्खनुस् भन्नुभयो तर कांग्रेस र माओवादीको आन्तरिक समस्यालाई लिएर हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले आनाकानी गर्नुभएको छ । पार्टी सचिवालयको बुधबारको बैठकमा अध्यक्ष नेपाललाई उद्धृत गर्दै एक नेताले भने। स्थायी कमिटीको सोमबार बसेको बैठकमा पनि नेपालले यस्तै गुनासो गरेका थिए।
याे खबर नागरिक दैनिकमा छ ।