
असार ९, काठमाडौ : सिधा कुरा जनतासँग कार्यक्रम संचालन गरेर चर्चित बनेका रवि लामिछानेले छोटो समयमै संचारक्षेत्रमा लोभलाग्दो सफलता प्राप्त गरेका थिए ।
न्युज २४ टेलिभजन हुँदै पछि ग्योलेक्सी फोर के टेलिभिजन आफैँ संचालन गरेका उनी अन्तत पुर्णकालिन राजनितिको मैदानमा होमिएका छन् । केहि समय अघि मात्रै निकै ठूलो लगानी गरेर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका रविले
यत्ति छिट्टै राजनितीको मैदानमा होमिएलान् भन्ने अनुमान सायदै कसलै गरेका थिए तर उनले क्रमभंगता गरेर नयाँ गोरेटोमा यात्रा थालनी गरेका छन् । यहि बेला रविले किन यो निर्णय लिए त भन्ने चासो र विश्लेषण पनि सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भनेर नयाँ पार्टी घोषणा गर्दा रविले आफु राजनितीमा होमिनु पर्नाको धेरैवटा कारणहरु खुलाएका छन् । निकै दमदार भाषण गरेका उनले टेलिभजनबाट प्रश्न मात्रै
सोधेर समस्या समाधान नहुने भन्दै जवाफ दिने ठाउँमा पुग्नु पर्ने भन्दै राजनितीमा आएको बताए । रविले त्यो भन्दा पनि अर्को मर्मस्पर्शीकुरा गरेका छन् ।
पार्टी घोषणा कार्यक्रममा निकै भावुक भएका रविले नेपालमा जनता रोएको दृश्य आफुले भन्दा बढि कसैले नदेखेको बताएका थिए । जनताको त्यो आँशुनै राजनितिमा होमिनुको प्रमुख कारण भएको उनले बताएका छन् ।
ठूलो अपेक्षा सहित राजनितीमा होमिएका उनको मोटिभेशनको भित्री फ्याटर भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह रहेको बताइन्छ । दलहरुको दबदबा रहेको बेलामा र्यापर बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर बन्ने चुनौती खडा गरेका थिए ।
स्वतन्त्र उमेदवारले पनि राम्रो भिजन लिएर जनताको मन जित्न सक्दा राजनितीक दलको घेरा तोडेर सानदार जित निकाल्न सक्छ भन्ने उदाहरण बालेनले देखाएका थिए । बालेनको सफलतालेनै रविलाई पनि राजनितीमा हाम फाल्न मोटिभेट गरेको बताइन्छ ।
बोलेनले स्थानिय तहको निर्वाचनमा उमेदवारी प्रस्तुत गरेर मैदानमा होमिएका बेला रविले आफ्नो टेलिभिजनबाट सक्दो साथ दिएका थिए । आँटे सकिन्छ भन्ने राम्रो उदाहरण बालेनले देखाए पछि अहिले प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारीको लहरनै चलेको छ । बालेनले कोरेको झिल्कोको प्रभावनै यो भएको भन्न सकिन्छ । रविहरु पनी यहि पदचापलाई पच्छाइरहेका छन् ।
रवि लामिछानेले पार्टी घोषणा गरे पछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अहिले सम्म केहि प्रतिक्रिया भने दिएका छैनन् । रविले प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएको भए राम्रो हुने थियो भन्ने बालेनको भित्री चाहना रहको उनका निकटस्थहरु बताउँछन् । यद्यपी रविको कदमलाई उनले सकारात्मक रुपले लिएको खबर छ ।
समानुपातिक मतलाई लक्षित गरेर पार्टी घोषणा गरिएको भए पनि सबै क्षेत्रका स्वतन्त्र उमेदवारहरुलाई समेटेर लैजाने पक्षमा आाफु रहेको घोषणा रविले गरिसेकेका छन् । भ्रष्टाचारीको घण्टी बजाउँछु भन्दै घण्टी चुनाव चिन्ह प्रस्ताव गरेर राजनितीको मैदानमा होमिएका रविले सबै स्वतन्त्रहरुलाई पनि घण्टी भित्रै गोलबद्ध हुन पनि आव्हान गरेका छन् ।
स्थानिय तहको निर्वाचनमा लौरोले गरेको कमाल प्रतिनिधीसभाको निर्वाचनमा घण्टीले गर्नेहोकी भन्ने चर्चा पनि चलेको छ। पार्टी घोषणा कार्यक्रममा रविले एक जनालाई संसद छिर्नबाट आफुले रोक्ने भन्दै १६५ क्षेत्रमै त्यो तागत लिएर तयार हुन आव्हान गरेका छन् । घण्टीको परिक्षा अब सुरु भएको छ ।
बालेनले कोरेको झिल्कोले सुरूवातमा आम मानिसहरूलाई केही असर पार्दैन । पारे पनि सकरात्मक असर पार्न सक्ने प्रबल सम्भावना देखिन्छ । नकारात्मक नै असर पारे पनि पछि पार्ला, तर त्यो झिल्को डढेलो बन्यो भने त्यसले सबैभन्दा पहिला सखाप पार्ने राजनतिक दलहरूलाई नै हो ।
बालेन्द्रहरूको जितले एकातिर वैकल्पिक शक्तिको खोजी गरिरहेको वर्गका मतलाई संस्थागत गरिदिएको छ भने अर्कातिर चुनावलाई सुलभ बनाइदिएर युवा वर्गमा आँट भरिदिएको छ, लहर पैदा गरिदिएको छ ।
आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू नयाँ ‘बालेन्द्र’ को रूपमा स्थापित हुन सक्लान् वा नसक्लान् त्यो समयले बताउनेछ । तर, हाल जुर्मुराएका युवा जमातको जोश, जाँगर र आँटको सम्मान गर्दै राजनीतिक दलहरूले गतिलो पाठ सिक्नुपर्ने आजको गहनतम आवश्यकताको रूपमा देखापरेको छ ।