२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर बालेनले काठमाडौँबासीलाई दिए खुशिको खबर !

असार ८, काठमाडौ : काठमाडौँ महानगरपालिका मेयर बालेन शाह आज निकै खुशि देखिएका छन् । सारा काठमाडौँबासीमा खुशियाली छाउँने गरि उनले गजबको खबर बाँढेका छन् ।

रातको ९ बज्नै लाग्दा आफ्नो सामाजिक संजालबाट खुशि बाढ्दै सबै काठमाडौँबासीलाई बालेनले बधाई र शुभकामना दिएका छन् । बालेन काठमाडौँको मेयरमा निर्वाचित भए पछि पहिलो पटक ल्याएको निति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको दिन हो आज ।

स्ततन्त्र उठेर निर्वाचन जितेका बालेनले ल्याएको निती तथा कार्यक्रम आज सर्वसहमतीमा पास भएको छ । यहि खुशिमा बालेनले सबैलाई शुभकामना दिएका छन् । सर्वसहमतीमा निति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद भनेका छन् ।

काठमाडौँको विकासका लागी सबै जनप्रतिनिधीहरु एक ठाउँमा रहेको कुरा पनि प्रमाणित भएको बालेनले भनेका छन । हाम्रो उदेश्य काठमाडौँको समृद्धि र नागरिकहरुको सुविधाको बढोत्तरी मात्रै भएको भन्दै उलने यस कामका लागी सबै जना एक ठाउँमा रहेको बताएका छन् ।

निकै हर्षित भावमा प्रस्तुत भएका बालेनले एक बर्ष भित्र गरिसक्छौ भनेर दिएका बचनहरु र खाएका कसमहरु आफ्नै लागी बनाएको बाटो भएको भन्दै पुरा गरेरै छोड्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।जति सुकै अप्ठेरोमा परे पनि गन्तव्यमा पुग्न सकौँ भनेर उनले कामना पनि गरेका छन् ।

सर्वसहमतीले काठमाडौँ महानगरपालिकाको निति तथा कार्यक्रम पास भए पछि मेयर बालेन शाहले आफ्नो सामाजिक संजालमा दौरा सुरुवात आँखामा कालो चश्मा लगाएको तस्बिर सहित यस्तो स्टाटस लेखेका छन् ।

सिद्धान्ततस् हामीले स्वीकारेका छौँ – भुमिका केहि फरक होला तर हामी सबै जनप्रतिनिधि हौँ । हाम्रो उद्देष्य काठमाण्डौँको समृद्धि र नागरिकहरुको सुविधाको बढोत्तरी मात्रै हो ।

व्यवहारतस् हामीले प्रमाणित गर्यौँ – यो अभियानमा हामी सबै साथसाथ छौँ । सर्वसम्मतले नीति तथा कार्यक्रम पारित हुन सकेकोमा हामी सबैलाई बधाई छ । त्यहाँ लेखिएका कुराहरु एक बर्षभित्र गरिसक्छौँ भनेर हामीले दिएका वचनहरु हुन्,

खाएका कसमहरु हुन्, हामीले आफ्नै लागि बनाएका बाटाहरु हुन् । जति अफ्ठ्यारा आए पनि यो बाटोमा हिडेर गन्तव्य छुन सकौँ । पहिलो बर्षमा काठमाण्डौँले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाओस् । हामी सबैलाई शुभकामना छ । ओटिभी नेपाल

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।