२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने !

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।

आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् ।

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए ।

महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।

तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनु पर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन् ।

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार