२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

एकीकृत समाजवादी सहितको घोषणापत्रलाई समावेश गरेर नीति तथा कार्यक्रम ल्याउदै बालेन !

असार ५, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा

समेट्ने तयारी गरेका छन् । काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका प्रमुख बालेनले सबै पार्टीका

अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् । आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ ।

महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ । त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा नेतृत्व
रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो । काठमाडौं महानगरले यही असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।