२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

बधाई ! “प्रियंका बनिन् मिस नेपाल २०२२”

असार ५, काठमाडौं : प्रियंका रानी जोशी मिस नेपाल वल्र्ड २०२२ बन्न सफल भएकी छन् । शनिबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशी

मिस नेपाल २०२२ बनेकी हुन् । यस पटकको सुन्दरी प्रतियोगितामा ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए ।

विजेता जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्या-इदिएकी छन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै फिनालेका लागि २४ जना छनौट भएका थिए ।

थप समाचार, बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।

बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता छ ।

विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए। नयाँ शैक्षिकसत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उनले भने, ‘विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ।’

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।

उनले भने, ‘कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।’ बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।

२०७९ असार ५, आईतवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।