२०७९ असार १५ बुधबार
  • काठमाडौँ

काठमाडौं धाउन पर्ने बाध्यता हट्यो, भैरहवामा खुल्यो श्रम कार्यालय !

असार ४, काठमाडौ : भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम

स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ । यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक

रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गरेर कार्यालय सञ्चालनको घोषणा गरेका हुन् ।

थप समाचारर सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।

उनले कूटनीतिक म-र्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि वि’वादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने

कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याए ।महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए ।

उनले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार । भारतले सहयोग गरोस् हामी लिन तयार । अमेरिकाले सहयोग गरोस् हामी लिन तयार । तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार ।

हामीले चीनसँग बीआरआई गर्दैगर्दा, अमेरिका रिसाउला कि भन्ने चिन्ता गरेनौं । अमेरिकासँग एमसीसी गर्दैगर्दा चीन रिसाउलाकि हामीले चिन्ता गरेनौं । हामीले दुवैलाई भन्यौ–हामी दुवैको साथ चाहन्छौं, दुनिँया सबको साथ चाहन्छौं ।’

२०७९ असार ५, आईतवार प्रकाशित 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार