२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मन्त्री आलेलाई माधव नेपालले भने – तपाई तत्काल राजिनामा दिनुस् ।

असार ४, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

रिपोर्टर्स नेपाल डठकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो बाहिर आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’

मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् । यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई फेसबुक मेसेन्जरमार्फत गालीगलौज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ । एकीकृत समाजवादीले यसअघि नै पर्यटनमन्त्री आलेसहितका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

२०७९ असार ४, शनिबार प्रकाशित 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।