२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

प्रचण्ड भनुहुन्छ – एमसीसी र एसपीपी दुवै परियोजना ओली नेतृत्वको सरकारले ल्याएको हो ।

असार ४, चितवन : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।

गृह जिल्ला चितवनमा आज (शुक्रबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि बताए ।

उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन् ।
प्रचण्डले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष थोपरिदिए ।

एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो, उनले भने, ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो ।’

एमसीसी १२ बुँदा घोषणासहित पास ग-र्यौं । तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन’, उनले भने, ‘यो खारेज हुन्छ ।’ उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताए ।

२०७९ असार ४, शनिबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।