
असार ४, काठमाडौं : नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठ’गी गर्ने एक जनालाई पक्रा’उ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीया एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की
महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५
हजार ठ’गी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका
प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठ’गी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्रा’उ कार्कीलाई मुलुकी अप-राध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनु’सन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । उनले कार्कीबाट ठ’गीएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गरेका छन् ।