२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

इजरायल रोजगार – छनौट भएका श्रमिक पठाउन सरकारले वैकल्पिक उपाय खोज्दै विभाग !

असार ३, काठमाण्डौ : वैदेशिक रोजगार विभागले इजरायलको दी-र्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारका रूपमा छनौट भएकाहरूलाई पठाउन आवश्यक प्रक्रिया जारी रहेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले छनौट भएका श्रमिकहरूलाई लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी गरी यथा-शीघ्र पठाउने प्रक्रिया सुरु गर्न विभिन्न प्रयासहरू भइरहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन व्यूरो एवं अन्य सरोकारवाला निकायहरूको समेत उपस्थितिमा यथाशक्य

चाँडो श्रमिक लैजाने प्रक्रिया सुरु गर्न प्रयास भइरहेको उल्लेख गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा

सहयोगी कामदारको रूपमा छनौट भएका ११ सय ७५ जना श्रमिकमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना इजरायल गइसकेका छन् । तर तर बाँकीको भने इजरायलको परराष्ट्र

मन्त्रालय सम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण
भिसा जारी भएको छैन । त्यहाँका कर्मचारीहरूको श्रम विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र जारी गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया सुरु हुन सकेको छैन ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।