
असार ३, काठमाण्डौ : वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठ’गी गरेको पाइएपछि एक जना वि’रुद्ध वैदेशिक रोजगार
न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी २० लाख २० हजार रुपैयाँ ठ’गी गरेर नपठाएको
पाइएपछि विभागले सप्तरी घर भई अहिले काठमाण्डौ सुकेधारा बस्ने पूर्ण कुमार दाहाल वि-रुद्ध न्यायाधिकरणमा मु-द्दा दायर गरेको हो । पूर्ण कुमारले दोलखाकी सरिता भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा
मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेका थिए । तर २० लाख २० हजार रुपैयाँ रकम लिएपछि नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पी-डित
सरिताले वैदेशिक रोजगार विभागमा उजु-री दिनुभएको थियो ।
विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र दफा ४३ विपरीतको क’सुर गरेको भन्दै पूर्ण कुमारलाई लिएको
रकम २० लाख २० हजार र त्यसको ५० प्रतिशतले हुने आउने हर्जना रकम १० लाख १० हजारसमेत गरी ३० लाख ३० हजार मागदावीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मु-द्दा दा’यर गरेको हो ।