२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन मन्त्री श्रेष्ठको आग्रह

असार ३, काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन आग्रह गरेका छन् ।

गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि

बनाउने निर्णय गरिएको बताउदै मन्त्री श्रेष्ठले जीवनको उर्वर समय विदेशमा खर्चेर बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रित परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताए ।

वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजीवन काम गर्न नसक्ने गरी अंगभंग भई आजीवन सामाजिक सुरक्षाको आवश्यकता रहेकाहरुलाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजनाबाट सहायता उपलब्ध हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

ठुलो संख्यामा नेपालीहरु बिभिन्न मुलुकमा श्रम गरिरहेको उल्लेख गर्दै उनले जोखिमयुक्त काम गर्न बाध्य श्रमिकको सम्मानित श्रमका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको बताए ।

आगामी आर्थिक बर्षको बजेटमा पनि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषय उल्लेख गरिएको मन्त्री श्रेष्ठले बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समिति गठन गरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक पुर्वाधार तयार गरिएको उनले बताए ।

गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने सरकारको योजना छ ।

आगामी पाँच आर्थिक वर्ष २०७९ ८० देखि २०८३ ८४ मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर मन्त्रालयले तयार गरेको पाँच वर्षे रणनीतिक योजनामा पनि सामाजिक सुरक्षा

कोषको विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले बताए । २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवाट भएदेखि नीजि संगठीत क्षेत्रका करिव ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता आवद्ध भएका छन् ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।