
काठमाडौं : सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।
आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।
केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो । केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताए। शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।