
दुबईबाट नेपाल आएका युवकमा मंकी-पक्स भा’इरस संक्र’मणको आशंका
असार ३, काठमाडौं : नेपालमा पनि एक युवकलाई मंकी’पक्स भाइ’रसको संक्र’मण भएको आशंका गरिएको छ । मंकीप’क्स भाइरस संक्र’मणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज
ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकी’पक्स भाइर’सको संक्र’मणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ ।
आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
ती युवाको शरीर र हातमा आएको फोका मंकी’पक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरु’वारोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।