२०७९ असार १५ बुधबार
  • काठमाडौँ

वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने भन्दै रकम ठ’गी गरेको आ’रोपमा एक पक्राउ !

असार १, काठमाडौँ : दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्रा’उ परेका छन् ।
पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–११ घर भई

हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्की छन् । काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालक कार्कीले ‘दुबई (यूएई)मा जानका लागि सात लाख रुपैयाँ लाग्छ,

दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु’ भन्दै सातजनालाई ठगेको आ’रोप छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरबाट पक्रा’उ गरेको जनाइएको छ ।

थप समाचार, कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको छ ।

बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । को’भिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो ।

बुधबार जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउनेछन् ।

फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको हो ।

तर फिफाले अन्तर्राष्ट्रिय दर्शकको हकमा हरेक खेलका लागि टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरेको छ । जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।

टिकटका विभिन्न प्याकेजका लागि फेब्रुअरी ८ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । ‘र्‍यानडम ड्र’ बाट छानिएका व्यक्तिलाई मार्च ८ गतेसम्म यसबारे जानकारी गराइने छ । आगामी विश्वकप कतारका विभिन्न ८ वटा रंगशालामा हुँदैछ । प्रतियोगिता हेर्न झण्डै १२ लाख मानिस आउनसक्ने अनुमान छ ।

को’भिड परीक्षणसम्बन्धी जानकारी समेटिएको हाया कार्ड नामक विशेष पास देखाएपछि मात्रै दर्शकले रंगशाला प्रवेश गर्न पाउनेछन् । सबै खेलाडी, अफिसियल र फ्यानले कतारी अधिकारीले जारी गरेको यात्रासम्बन्धी सुझाव पालना गर्नुपर्ने समेत फिफाले बताएको छ ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार