२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर बालेन भन्नुहुन्छ – गा-ली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु ।

काठमाडौ : हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका मेयर बालेन शाहले स्पष्टीकरण दिएका छन्।

बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्।

तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै फर्किएको बालेनका सचिवालयका राजेन्द्र गजुरेलले जानकारी दिए।

बालेनले काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गा-ली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए।

मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने? मेरो प्रश्न यति हो । बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।

उनले काठमाडौं राजधानीमात्र नभई कसैको जन्मभूमि र कर्मभूमि समेत भएको बताए। बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्।

सोमबार बेलुकी बालेनले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ बताएका थिए।

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।