२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

काठमाडौं महानगर र बाग्मती प्रदेश बीच फोहोर फाल्ने विषयमा विवाद !

जेठ ३१, काठमाडौं : अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच वि’वाद देखिएको छ ।

हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच वि’वाद सुरु भएको हो । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूका

लागि हेटौंडामा दुईदिने अभिमुखीकरण कार्यक्रम राखेको थियो।
सोही कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोल पनि आइतबार साँझ हेटौंडा आइपुगेका थिए।

सोमबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रम मंगलबार सकिने भए पनि मेयर बालेन र उपमेयर डंगोल भने सोमबार कार्यक्रमको उद्घाटनलगत्तै काठमाडौं फर्किए।

कसरी भयो वि-वाद ?

उक्त क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेको बताएका थिए।काठमाडौंको फोहोरको विषयमा आफू २०६३ सालको अन्तरिम व्यवस्थापिकामा चुनिएदेखि लागिपरिरहेको भन्दै मन्त्री जम्मकट्टेलले काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान नपाउने बताएका थिए।

धादिङबाट निर्वाचित भएका मन्त्री जम्मकट्टेलले काठमाडौंवासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने रु भन्दै प्रश्न गरेका थिए। उनले कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले नसहने अभिव्यक्ति दिए।

एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्ने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने भन्दै मन्त्री जम्मकट्टेलले मन्तव्य दिएपछि मेयर बालेन अस-न्तुष्ट बनेका हुन्। मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम स्थलबाट उनी बाहिरिएका थिए।

काठमाडौं फर्किएपछि मेयर बालेनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाए।
बागमती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गा-ली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो,

सोमबार राति काठमाडौं साहले सामाजिक सञ्जालमा लेखेका छन्।मंगलबारसम्म चलेको कार्यक्रममा उपस्थित अन्य स्थानीय तहका जनप्रतिनिधिहरूबीच पनि मेयर बालेनको उक्त पोष्टलाई लिएर चर्चा चलेको थियो। -दैनिक न्युज नेपाल

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।