२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

नेपाल भ्रमणमा आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता !

जेठ ३१, सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रकाे भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गएकाे जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्क-विहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद साहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ गएका उनीहरु त्यसयता सम्पर्कमा आउन सकेका छैनन् ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएका खबर

प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरु गाइड विना नै खुम्बु घुम्न गएका थिए । उनीहरुको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उज्यालो अन्लाईन

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।