२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगियो !

जेठ ३१, दाङ : कु’ट-पि’टको आ’रोपमा दाङको तुलसीपुरबाट पक्रा’उ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो ।

विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हा’तपा’त गरेपछि प्रहरीले पक्रा’उ गरेको हो ।

विमलाको कु’टाइबाट मीनाको अनुहार र छातीमा चो’ट लागेको र कपडा च्या’तिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमा’थि कु’ट-पि’ट गरेको पी-डित मीना भण्डारीको भनाइ छ ।

विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुग्नुभएको प्रहरीले जनाएको छ । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पी-डितका आफन्तले कार-बाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।