
काठमाडौं : संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गर्ने छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घो’षणा गरिएको छ ।
यस्तै, भजन शिरोमणी भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल, स्वर्गिय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल ‘जनसेवाश्री पदक’ प्रदान गरिएको छ । संगीतकार शम्भुजित बाँस्कोटालाई ‘किर्तिमय राष्ट्रदीप पदक’ प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।