२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – भैरहवा-कुबेत रुटमा जजिराले एक महिनामा बोक्यो यतिधेरै यात्रु !

जेठ ३१, भैरहवा : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजमार्फत एक महिनामा दुई हजार सात सय ८० यात्रुले आवतजावत गरेका छन्।

जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरू भएको विमानस्थलमा हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ।

हालसम्म १३ उडान हुँदा एक हजार छ सय ४४ यात्रु भैरहवाबाट बाहिरिएका छन् भने एक हजार एक सय ३६ जना भित्रिएका छन्।

जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो । अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्।

कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ। गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यावसायिक उडान गरिरहेको जजिराले अब एक महिनाभित्र सातै दिन उडान थाल्ने तयारी गरेको छ ।

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।