
जेठ २९, काठमाडौ : धरान उपमहानगरका निर्वाचित नगरप्रमुख हर्क साम्पाङ्गले अवरुद्ध बनेको कार्यपालिका बैठक सुरु हुने पुर्वसन्ध्यामा मिठो गीत गाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
आफू मेयर भएता पनि आफू भित्रको कलाकारलाई मार्न नमिल्ने भन्दै आफूले गीत गाएको गाउनुपुर्व साम्पाङ्गले बताएका छन् । एक्लै भएर केही पनि नहुने भएकाले सबै मिलेर अघि बढ्नुपर्ने आग्रह गर्दै आफूले गीत बनाएको मेयर साम्पाङ्गले बताएका छन् ।
मेयर साम्पाङ्गले श्रम गरी सबै मिलेर देश बनाउनु पर्ने आवश्यकता औल्याउँदै एकले अर्कालाई दोसारोपण गरेर जानुभन्दा मिलेर जानुपर्ने सन्देश दिन खोजेका छन् । मेयर साम्पाङ्गले सबैले गीतको सन्देश बुझिसक्नु भएको विश्वस्त हुदैँ मिठो लागेमा शेयर गर्न पनि अनुरोध गरेका छन् ।
मेयर साम्पाङ्गले गाएको गीत यस्तो छ-
हाम्रो धरती हाम्रो आकाश हाम्रै यो देश
श्रम गरौँ सवले मिलि बनाऔँ यो देश
हाम्रो धरती हाम्रो आकाश हाम्रै यो देश
देश आफैँ बन्दैन, गाली गर्दै अरुलाई
हातेमालो गरौँ अव सच्याएर आफूलाई
श्रम गरौ अघि बढौँ कसको हेर्नु आश
विदेशीले बचाउँदैनन् हाम्रो देशको शाख
हराएर हिरामोती यहि मलिलो माटोमा
पसिनाले क्षितिज कोर्दै उन्नतीको बाटोमा
हाम्रो गाथा, हाम्रो संस्कार हाम्रै परिवेश
सबै मिलि हराभरा बनाउँ यो देश
हाम्रो धर्ति हाम्रो आकाश ।