२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

रमेश खरेलको घोषणा – काठमाडौं-१ बाट चुनाव लड्ने !

जेठ २९, काठमाडौ : पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए ।

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ ।

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि उनी ब्याक भएका थिए । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए । ओटिभी नेपाल

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।