२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

देउवा भन्नुहुन्छ – चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन ।

जेठ २ काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले उठाएका कतिपय माग पनि काँग्रेसको एकलौटी सरकार नभएकैले पुरा गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन काँग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘एउटा कुरा के बुझ्नु प¥यो भने तपाईहरुले यो काँग्रेसको एकलौटी सरकार होइन ।

यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईहरुले अति महत्त्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं ।

उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए ।

प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए ।

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए । उनले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएको पनि बताए ।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार