२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मन्त्री आले भन्नुहुन्छ – निजगढ विमानस्थल रोकेर मधेसीलाई सधैँ रैती बनाउन खोजियो ।

जेठ २९, काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको बताएका छन्।

आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे।

मन्त्री आलेले विमानस्थल निर्माणमा र ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाए।

आज न्यायपालिकाले कार्यपालिकमाथि हमला गरेको अवस्था छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा २० औँ वर्ष लगाएर मास्टर प्लान तयार भइसकेको छ। ८ हजार ५० हेक्टर जग्गा विमानस्थलको नाममा आइसकेको छ। त्यसको डिपिआर हुने अवस्थामा छ।

त्यसको इआइए भइसकेको छ तर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अवस्था छ, उनले भने, विमानस्थल कहाँ बनाउने भनेर निर्णय गर्ने नागरिक उड्डयन प्राधिकरणले हो।

तर दुर्भाग्य यो अदालतले तोकिराखेको छ। कसले अधिकार दियो? राज्यको ३ अर्ब खर्च भएको छ। राजधानीलाई तराईमा जोड्ने फास्टट्रयाकमा २ खर्ब राज्यको लगानी भइसकेको छ। तर आज टेण्डर निकालने अवस्थामा आउँदा न्यायपालिकाले त्यो फैसला गर्दा दुःख लागेको छ।

आलेले अदालतको पूर्ण पाठ आउँदा यो सच्चिने पनि विश्वास लिए। आज कतिपय मन्त्री साथीहरुले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ भनेको छन्, के, दाँत फुकालेर गर्ने? दाँत फुकालेर एयरपोर्ट बन्छ? बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ।

२६ करोड रुपैयाँमा बन्छ? उनले सोधे, हामीले २६ करोड बजेट पाएका छौँ। एयरपोर्ट बन्छ भन्नेहरुलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट।

मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले। मधेसलाई राजधानीसँग जोड्न नचाहने? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ। मन्त्री आलेले मधेसी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना भइरहेको पनि जिकिर गरेका छन्।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।