२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बालेन शाह भन्नुहुन्छ – डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा बिद्युतका तार अन्डरग्राउन्ड हुन्छ ।

जेठ २९, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
अबदेखि काठमाडौंका सबै सरोकारवालाहरु सहकार्य गरेर हिँड्नेछौं ।

उनले भने, विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ। जुनमा महानगरपालिकाको सहकार्य रहनेछ।

सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको भन्दै उनले भने, यसपालि वर्षात्को बेलामा परेको कारणले तुरुन्तै गर्न सकिएन् होला। हामी अनुभूति हुनेगरी काम गर्छौं।

मेयर शाहले हरेक घरमा रिभर्स बोरिङ गर्नपर्ने प्रस्ताव अघि सारेका छन्। हरेक घरमा रिभर्स बोरिङ गर्न सकियो भने वर्षामा बाढीको सम्भावना पनि कम हुन्छ, उनले भने, यसका लागि विभिन्न सम्बन्धित निकायसँग छलफल अघि बढाएका छौं।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।