२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

सांसद मानन्धर उत्रिए फिल्डमा भन्छन् – बालेनलाई जसरी नि सफल बनाउँछु ।

जेठ २८, काठमाडौं : काठमाडौँमा फोहोर थुप्रिएर दुर्ग-न्धित भएको महिना दिन पुरा भएको छ । एक महिनासम्म पनि फोहोर नउठेपछि सरकारको चर्को वि’रोध र आलो’चना भएको छ ।

काठमाडौँमा नवनिर्वाचित मेयरलाई पनि यो विषयले सकस बनाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन् ।

उनले उक्त जिम्मेवारी आफूलाई दिए छिट्टै फोहोर व्यवस्थापन गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ ।

सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्, उनले भने । काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति आफू भएको उनको दाबी छ ।

भन्छन्, आज एक महिना भैसकेको छ स्थानीय निर्वाचन सकिएको, वर्तमान सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैला व्यवस्थापन गर्नका लागि एउटा इच्छा

शक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म हो भन्ने मेरो दाबा छ । शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार