
काठमाडौं : सिंहदरबारमा सीमित रहेको केन्द्रीय शासन गाउँगाउँमा पुर्याउँदा म’जाक उडाइएको भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा
सिंहदरबारको शासन पालिकाबाट हुन थालेको बताउँदै त्यहाँ देखिएका कमजोरी भने व्यक्तिविशेष रहेको रहेको उनले बताए ।‘कतिपयले सिंहदरबारको मजाक उडाउने गरेका छन् । सिंहदरबारको अधिकार गाउँमा पुर्याउने भनेका थिएं, यस्तो उस्तो भनेर । सिंहदरबार अधिकार पुर्याउने भनेका थिए । सिंहदरबारको भनेको लगेर, बोकेर पुर्याउने होइनन नि । अधिकार जुन सिंहदरबारमा थिए, ती स्थानीय तहसम्म गएका छन् ।
शिक्षा, स्वास्थ्यलगायतका तमाम अधिकार सिंहदरबारसम्म पुर्याएका छौँ । हाम्रो संविधानले पुर्याएको छ । तसर्थ, सिंहदरबार भनेको केन्द्रीय शासन हो । पहिले केन्द्रबाट शासन हुन्थ्यो भने अब पालिका पालिकाबाट शासन हुन्छ भनेको,’ उनले भने, ‘कतिपय कुराका प्रयोगमा कमजोरी हुन सक्छन्, त्यो व्यक्ति र कर्ताको कमी हो । तर, संवैधानिक कमी होइन । त्यसैले एकात्मक अर्थात् केन्द्रीय शासनलाई वि’केन्द्रित गरेका छौँ ।’
उनका अनुसार आफ्नो प्रधानमन्त्री कालमा सिंहदरबारको अधिकार गाउँमा पुर्याएर केन्द्रको शासन विकेन्द्रित भएको छ । साथै, अहिले स्थानीय तहमा देखिएका केही कमजोरी भने संवैधानिक नभई व्यक्तिवादले निम्ताएको उनको भनाइ छ ।असोज ३ मा मनाइने संविधान दिवसको सबैलाई शुभकामना दिँदै अध्यक्ष ओलीले संविधानको पहिलो स्रोत जनता नै भएको बताएका छन् ।
संविधान जनताविन बन्न नसक्ने र संविधानको प्रत्याभूति जनताबाट नै हुने उनको भनाइ छ । उनले भने, ‘जनता नै सम्पूर्ण शक्ति हुन् भन्ने कुरा लिपिबद्ध गरेर देशको मूल कानून संविधानमा उल्लेख छ । सबैभन्दामाथि कुल, घराना, व्यक्ति, परिवार होइन जनता सर्वाेपरी हुन्छ । संविधान जनताबाट चुनिएका वास्तविक प्रतिनिधिबाट बन्छ ।
जनतामा रहेको सार्वभौमसत्ता, सम्पूर्ण शक्तिका स्रोत हुने कुराको प्रत्याभूति संविधानमार्फत् हुन्छ । यसर्थ संविधानको सर्वाेच्चता भनेर हामी भन्छौँ । र, यो दिन संविधानको सर्वाेच्चता कायम भएको दिन हो ।’२००७ सालमा राजनीतिक परिवर्तन भएपछि जे सोचिएको थियो त्यो अनुसार परिवर्तन नभएको र संविधान पनि नबनेको ओलीको भनाइ छ । केवल राजतन्त्रलाई स्वच्छाचारी बनाउने र त्यसलाई नै टेवा पुर्याउने काममात्र भएको उनले बताए ।