
जेठ २८, धरान : काठमाडौंमा महाविर पुनको आविष्कार केन्द्रले बिभिन्न वैज्ञानिक खोज र अनुसन्धानले निरन्तरता पाएपछि धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खुल्ने भएको छ ।
धरानका नवनिर्वाचित नगरप्रमुख हर्क साम्पाङ्गले धरानमा पनि अव आविष्कार केन्द्रको शाखा खोल्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज हर्क साम्पाङ्ग अ रिभोलुसनमा स्टाटस
पोष्ट गर्दे नगरप्रमुख साम्पाङ्गले धरानमा आविष्कार केन्द्रको शाखा सञ्चालनको लागि छलफल भइरहेको बताएका हुन् ।
‘धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खुल्नेछ हामी गृहकार्यमा जुट्दैछौँ ।’ मेयर साम्पाङ्गको स्टाटसमा भनिएको छ ।
थप समाचार, यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो ।
देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।
प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्या-ङसहित हल्कादेखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन-च’ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।