२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका प्रमुखबीच भेटवार्ता !

जेठ २८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसियाप्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन्।

भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो।

अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए। फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभयो र राष्ट्रसंघीय शान्ति

स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गर्नुभयो, नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
जनरल फ्लिनले विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने

कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम छ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।