२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर साम्पाङ भन्नुहुन्छ – अब एकएक पैसाको हिसाब खोज्छु ।

जेठ २८, काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन् ।

जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन् । उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन् ।

यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन् । उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु ! जय धरान !!!
धरानका मेयर हर्क साम्पाङ्ग भने– आइन्दा हरेक कुरा लाइभ हुन्छ ।

थप समाचार, नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।

गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तोडिनेसम्मका धम्की दिइरहेका छन् । प्रधानमन्त्री निकट स्रोतले भने अब नेकपा एसका मात्र नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको जनाएको छ ।

स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई देउवाले गराएको बताइएको छ ।

अर्थमन्त्रालय काँग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ । त्यस्तै अर्थमन्त्रालय काँग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्नेछ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।