२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर साम्पाङले बोलेको एउटै कुराले देशैभरी तरंग

जेठ २७, काठमाडौ : धरान उपमहानगपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका हर्क साम्पाङ दिनरात नभनी आफ्नो काममा तल्लीन भएका छन् ।

साम्पाङले देशैभरी चर्चा हुने गरि अर्को खरो अभिव्यक्ति दिएका छन् । काठमााडौँ महानगरपालिकामा बालेन शाह , धरान उपमहानगरपालिकामा हर्क साम्पाङ लगायतका स्वतन्त्र उमेदवारहरुले चामत्कारिक नतिजा ल्याएर दुनिँयालाईनै

चकित बनाएर चर्चा चलिरहेका बेला साम्पाङले आगामी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै खरो अभिव्यक्ति दिएका छन् । मेयर साम्पाङले आगामी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा देशैभरी स्वतन्त्र उमेदवारहरुको लहर आउँने ठोकुवा गरेका छन् ।

उनले स्वतन्त्र उमेदवारहरुलाई आफ्नो पुर्ण रुपमा साथ र सहयोग रहेन पनि भनेका छन् । दलीय व्यवस्थालाई उनले दास प्रथासँग तुलना गरेका छन् ।

पैसा बाँडेर र हावा गफ लाएर चुनाव जित्ने दिन गएको भन्दै उनले स्वतन्त्र उम्मेदवारहरुको पक्षमा उभिन सबैलाई आग्रह समेत गरेका छन् । दलीय व्यवस्थालाई उनले दासप्रथाको संज्ञा दिँदै यसलाई अन्त्य गरिछोड्ने उद्घोष पनि गरेका छन् ।

साम्पाङलेसामाजिक सञ्जालमा लेखेका छन् : ‘पैसा बाँडेर, हावा तालको गफ लाएर चुनाव जित्ने दिन गयो । आउँदा प्रदेश र संघको चुनावमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्नेछौं । अब दासप्रथाको अन्त्य गरिछाड्ने हो ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 0 Minutes 1742 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।