२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

खिमलाल देवकोटा भन्नुहुन्छ – सांसदको संख्या र समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं ।

जेठ २७, काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सुझाव दिएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजलगायतका विषयमा आफ्नो धारणा राख्दै समग्र राज्य सञ्चालनमा सुधार ल्याउन

निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
अबको केही समयपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा हुन्छ । सर्वत्र चुनाव महङ्गो भयो भन्ने गुनासो छ ।

देवकोटाले भने,यसैगरी समग्र राज्य सञ्चालन सुधारका लागि सांसदको संख्या र निर्वाचन प्रणाली लगायतमा परिवर्तनको जरुरी रहेको बहश पनि शुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको सिट संख्या हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अपनाउन सुझाव दिँदै उनले भने,समानुपातिक निर्वाचन प्रणालीमा नातागोता र पैसावालाले मात्रा बढी अवसर पाए भन्ने आम गुना’सो छ ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार