
जेठ २७, बुटवल : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचा-लय सार्वजनिक प्रयोगका लागि खुला
राख्न आह्वान गरेसँगै यसको सकारात्मक प्रभाव देखिन थालिएको छ । कतिपय होटल, रेस्टुरेन्टले आफ्ना शौ-चालय सार्वजनिक प्रयोगका लागि खुला गरेको सूचना जारी गरेका छन् ।
यस्तै बुटवलमा पनि विभिन्न स्थानहरुमा सार्वजनिक शौचालयको सुरुवात भइसकेको छ । बुटवलका मुख्य मुख्य स्थानमा पनि सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई समस्या परेकाले नीजि संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न थालेका हुन् ।
यस्ता नीजि होटल तथा संघसंस्थाका शौचा-लय सार्वजनिक रुपमा प्रयोग गर्न दिने व्यवसायी, संघ संस्थाहरुलाई बुटवलको मिलनचोक भानुपथमा रहेको शाइन डिजाइन एण्ड प्रिन्टले ब्यानरको सौजन्य गर्ने भएको छ ।
उक्त कार्यलाई हौसला दिनका लागि ब्यानर बनाइदिने व्यवस्था गरेको शाइन डिजाइन एण्ड प्रिन्टका प्रोप्राइटर राजीव भुसालले जानकारी दिए । बुटवलमा शै-चालयसँगै यात्रुहरुका लागि खानेपानीको समस्या रहेकाले सार्वजनिक शौचालयसँगै खानेपानीको पनि व्यवस्था मिलाउन आग्रह गरेको बताए ।
अहिलेसम्म बुटवलमा धेरै नीजि संघसंस्थाले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन इच्छुक रहेको बताउँदै ती सबैलाई आफूले ब्यानरको व्यवस्था गराइदिने भुसालले बताए ।
बुटवलको ट्राफिक चोकमा रहेको रोयल फुड कोर्ट, दुर्गा मन्दिर स्थित मालिका किचन एन्ड लज, मिलनचोक स्थित चिकन स्टेशन, मिलनचोकमै रहेको स्वस्तिक रिकण्डिसन हाउस लगायत
अन्य होटल, रेष्टुरेण्ट तथा विभिन्न संघ संस्थाहरुले सार्वजनिक शौचालयको रुपमा प्रयोग दिन थालेका छन् । यस्तै कपिलबस्तुको ४ नम्बरमा रहेको द डिजिटल एण्ड क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने व्यवस्था गरेको छ।