२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

फ्रान्सेली राजदूत जीलको प्रतिबद्धता – फोहोर व्यवस्थापनमा सहयोग गर्ने !

काठमाडौ : काठमाडौं महानगरका प्रमुख बालेन साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका

लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोर-मैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक

तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।’ प्रमुख साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्प-कालीन, मध्यकालीन र दीर्घ-कालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’

भेटका क्रममा राजदूत बुर्बाओले सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।

फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धीकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ।’ राजदूत बुर्बाओले भने। उनले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा पनि चासो राखेका थिए।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार