२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर शाह भन्नुहुन्छ – अब फोहोर थुप्रिएर काठमाडौंबासीले दु:ख भोग्नु पर्दैन

जेठ २६, काठमाडौ : काठमाडौंका महानगर प्रमुख बालेन्द्र शाहले अब फोहोर थुप्रिएर काठमाडौंबासीले दुख भोग्नु नपर्ने बताएका छन्।

उनले आज भनेका छन्, ‘अब फोहोर उठ्नेछ, यो सबैको लागि निसन्देहस् खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ।

साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहंदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ। मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख शाहले फोहोर

उठ्नु मात्रै यसको समाधान नभएको पनि बताएका छन्। शाहले फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहेको पनि उल्लेख गरेका छन्। साथै उनले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका छन्।

अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ।’

महानगरले पहिलेका कमजोरी वा गल्तीहरु नदोर्‍याउने र फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने बताएका छन्। ‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले

पुनस् एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन, उनले भनेका छन्, ‘यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ।

यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।
लामो समयदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि बन्चरेडाँडा लैजान दिने सोमबार सहमति भएको थियो।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोलरबन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो।

सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको थियो। यद्यपी आज फोहोरको थुप्रो बोकेर गएका ट्रकलाई बन्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न अवरोध गरेका छन्।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।