२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

बन्चरे डाडा स्थानीयवासीले अव’रोध गरेपछि डेढ सय वटा टिपर फोहर बोकेरै काठमाण्डौ फर्कियाे !

जेठ २६, काठमाण्डाै : नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अव-रोध गरेका छन् ।

बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।

दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झ-डप मत्थ’र नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो ।

बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवा-द हुँदा प्रहरीले ६ रा’उन्ड अश्रुग्या-स प्र-हार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घा-इते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पु-र्याएकाे भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।